२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कोइला अभावले हेटौँडा सिमेन्ट उद्योगको उत्पादन  बन्द

अ+ अ-

काठमाडौँ । सरकारी स्वामित्वको हेटौँडा सिमेन्ट उद्योगको सिमेन्ट उत्पादन हाल बन्द भएको छ ।

लामो समयदेखि निरन्तर घाटामा रहेको सो उद्योगको सिमेन्ट उत्पादनका लागि चाहिने कोइलाको अभावले उत्पादन कार्य ठप्प भएको उद्योग प्रशासनले जनाएको छ । कोइलाको अभावले विगत एक महिनादेखि सिमेन्ट उत्पादन बन्द भएको हो ।

उद्योगका महाप्रबन्धक वसन्तकुमार पाण्डेका अनुसार कोइला खरिदका लागि टेन्डर भइसकेकोले छिटै समस्या समाधान हुनेछ । उनले दसैँको बिदापछि उत्पादन सुरु हुने जानकारी दिए ।

एक पटक टेन्डर गर्दा १३ हजार टन कोइला ट्रकमा ढुवानी भई आपूर्ति हुने गरेको छ ।

कोइलाको माध्यमबाट सिमेन्ट उत्पादनका लागि चाहिने कच्चा पदार्थ क्लिङ्कर बनाउने गरिन्छ । क्लिङ्कर अभावका कारण सिमेन्ट उत्पादन हुन सकेको छैन ।

दैनिक सात सय ५० मेट्रिकटन र वार्षिक दुई लाख ६० हजार मेट्रिकटन सिमेन्ट उत्पादन गर्ने उद्योगको भए पनि हाल उद्योग सञ्चालनको समयमा क्षमताभन्दा आधा अर्थात् करिब चारदेखि पाँचसय मेट्रिकटन सिमेन्ट उत्पादन हुने गरेको महाप्रबन्धक पाण्डे जानकारी दिए ।

उत्पादन क्षमता र बिक्रीसमेत घट्दा उद्योगले निरन्तर घाटा बेहोरिरहेको छ । उद्योगले पछिल्लो चार वर्षदेखि निरन्तर घाटा बेहोरिरहेको छ ।

उद्योगबाट प्राप्त जानकारीअनुसार आर्थिक वर्ष २०७५/०७६ देखि २०७८/०७९ सम्ममा उद्योगलाई ६५ करोड ४७ लाख १६ हजार ७८२ रुपैयाँ नोक्सान भएको छ । आर्थिक वर्ष २०७४/०७५ मा १६ करोड ३६ लाख रुपैयाँ नाफा कमाएको सो उद्योग त्यसपछि निरन्तर घाटामा गएको तथ्याङ्कले देखाएको छ ।

आव २०७५/०७६ मा उद्योगले एक करोड पाँच लाख रुपैयाँ नोक्सानी बेहोरेको थियो । त्यसपछि आव २०७६/०७७ मा २३ करोड ८२ लाख रुपैयाँ, २०७७/०७८ मा १७ करोड चार लाख रुपैयाँ उद्योगलाई घाटा भएको थियो । गत आर्थिक वर्षमा उद्योगले एक अर्ब २२ करोड आमदानी  गरेर एक अर्ब ३९ करोड रुपैयाँ खर्च गरेको बताइएको छ । गत आर्थिक वर्ष उद्योगको नोक्सानी २३ करोड ५५ लाख रुपैयाँ रहेको छ ।

कर्मचारी, उपकरण, पुरानो प्रविधि, बजारको अभाव, मूल्य समायोजन, प्रतिस्पर्धात्मक बजारलगायतका उद्योगमा समस्या रहेको महाप्रबन्धक पाण्डेले जानकारी दिए । उनले उद्योगको वर्तमान समस्या हटाउन र नाफामूलक बनाउनका लागि केही योजना अगाडि बढाइएको बताए ।