२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बलात्कारको आरोप लागेका उपमेयर एक लाख धरौटीमा रिहा

अ+ अ-

काठमाडौँ । आफ्नै कार्यकक्षमा बोलाएर महिलालाई बलात्कार प्रयास गरेको आरोप मुद्दामा सिराहा लहान नगरपालिकाका उपमेयर रामचलितर महतो एक लाख रुपैयाँ धरौटीमा तारेखमा रिहा भएका छन्। 

सिराहा जिल्ला अदालतका न्यायाधीश मनोज केसीको इजलासले आइतबार भएको थुनछेक बहसको क्रममा उपमेयर महतोलाई एक लाख रुपैयाँ धरौटी राखेर तारेखमा छोड्ने आदेश दिएको हो। 

उपमेयर महतोविरुद्ध बलात्कार प्रयाससम्बन्धी मुद्दाको अन्तिम फैसला नभएको अवस्थामा निर्दोष प्रमाणित नभई धरौटी राखेर तारेखमा रिहा भएको सिराहा जिल्ला अदालतले जनाएको छ । बलात्कार प्रयासविरुद्धको मुद्दा दर्ता गरी प्रहरीले अनुसन्धान थालेपछि सम्पर्कविहीन भएको ५१औँ दिन गत २४ भदौमा स्वयं लहान प्रहरीमा हाजिर भएका उपमेयर महतो १७औँ दिन आइतबार धरौटी राखेर तारेखमा रिहा भएका हुन्।  

गत १९ जेठमा आफ्नै कार्यकक्षमा बोलाएर बलात्कार प्रयास गरेको आरोप लगाउँदै लहानकी २१ वर्षीया महिलाले लहान प्रहरीमा दिएको किटानी जाहेरी गत ४ साउनमा दर्ता गरी प्रहरीले अनुसन्धान थालेपछि उपमेयर महतो सम्पर्कविहीन भएका थिए। प्रहरीमा हाजिर भएपछि महतोलाई प्रहरीले थप अनुसन्धान गरी मुद्दासम्बन्धी थप प्रमाण, मिसिलसहित जिल्ला सरकारी वकिल कार्यालयमा पेस गरेपछि अदालतमा मुद्दा दायर भएको थियो। 

प्रहरीमा हाजिर हुनुअघि उपमेयर महतोले बलात्कार प्रयास भएको भन्दै प्रहरीमा जाहेरी परेको समयमा आफू स्वास्थ्य परीक्षण र तीर्थयात्रा गर्न भारतमा रहेको दाबी गरेका थिए। स्वास्थ्य परीक्षण र तीर्थयात्रा गरेर भारतबाट फर्किएर प्रहरीमा जाहेरी परेको थाहा पाएपछि अनुसन्धानलाई सघाउन स्वयं प्रहरीमा आएको बताएका थिए। लहानजस्तो ठूलो नगरपालिकामा दिनहुँ सेवाग्राहीको भिडभाड रहने भएकाले कार्यकक्षको गोप्य कोठामा बलात्कार प्रयास गरेको भन्ने आरोप झुठो रहेको र आफूलाई फसाउने षड्यन्त्र रहेको उनको दाबी थियो।