जनताको मुहारमा खुसी ल्याउने चाहना छ : प्रचण्ड « प्रशासन
Logo २८ बैशाख २०८१, शुक्रबार
   

जनताको मुहारमा खुसी ल्याउने चाहना छ : प्रचण्ड


९ आश्विन २०७९, आइतबार


काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा व्यवस्था बदलिए पनि अवस्था जहाँको त्यही भएको भन्दै अब जनताको अवस्था बदलेर उनीहरूको मुहारमा खुसी ल्याउने चाहना व्यक्त गरेका छन्। 

चुनावी कार्यक्रममा सहभागी हुन चितवन पुगेका प्रचण्डले आइतबार भरतपुरमा पार्टी प्रवेश तथा समायोजन कार्यक्रमलाई सम्बोधन गर्दै सो धारणा राखेका हुन्।

प्रचण्डले आफ्नो नेतृत्वमा दुई पटकसम्म सरकार सञ्चालन गर्दा जनताको मुहारमा खुसी ल्याउन सक्दो पहल गरेको पनि बताएका थिए। उनले चितवनमा नमुना विकासको प्रयास गरेको भन्दै त्यसलाई अब देशव्यापी विस्तार गर्ने पनि बताए। 

प्रचण्डले निकै ठूलो त्याग र बलिदानबाट देशमा संघीय लोकतान्त्रिक गणतन्त्र आएको स्मरण गर्दै परिवर्तन उल्ट्याउन खोज्ने हर्कतहरुलाई नेपाली जनताले कदापि सहन नसक्ने बताए । 

उनले माओवाद पार्टी नै देश र जनताको भविष्यको निम्ति लड्ने पार्टी भएकोले अब जनताको मुहारमा खुसी ल्याउन पनि माओवादीले नै नेतृत्व गर्ने बताए।

कार्यक्रममा विभिन्न क्षेत्रका मानिसहरू माओवादी केन्द्र प्रवेश गरेका थिए।  

Tags :
प्रतिक्रिया दिनुहोस