आचारसंहिता प्रतिबद्धतापत्रमा दलका प्रतिनिधिले गरे हस्ताक्षर  « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

आचारसंहिता प्रतिबद्धतापत्रमा दलका प्रतिनिधिले गरे हस्ताक्षर 


९ आश्विन २०७९, आइतबार


काठमाडौं । राजनीतिक दलका प्रतिनिधिहरूले निर्वाचन आचारसंहिता पालना गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । 

आइतबार निर्वाचन आयोगका पदाधिकारीहरूसँगको छलफलपछि प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री बालकृष्ण खाँणसहित दलका प्रतिनिधिहरूले आचारसंहितामा हस्ताक्षर गरेका हुन् ।

आयोगले छलफलमा प्रतिनिधिसभा र प्रदेशसभामा प्रतिनिधित्व गर्ने १२ दललाई बोलाएको थियो । सबैले प्रतिबद्धता जनाएको एमालेका उपाध्यक्ष तथा संसदीय दलका उपनेता सुवास नेम्वाङले जनाए । 

आचारसंहिता कहिलेबाट लागु गर्ने भन्ने आयोगले जानकारी नगराएको नेताहरूको भनाइ छ ।

Tags :
प्रतिक्रिया दिनुहोस