सरकारद्वारा व्याकुल माइलाको मासिक भत्ता दोब्बरले वृद्धि « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

सरकारद्वारा व्याकुल माइलाको मासिक भत्ता दोब्बरले वृद्धि


९ आश्विन २०७९, आइतबार


काठमाडौँ । सरकारले राष्ट्रिय गानका रचयिता प्रदीपकुमार राई (व्याकुल माइला) लाई मासिक ५० हजार भत्ता दिने भएको छ।

यसअघि उनलाई मासिक २५ हजार रुपैयाँ दिने गरिएकोमा अब ५० हजार दिइने सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।

राष्ट्रिय गानका रचयिता प्रदीपकुमार राई (व्याकुल माइला)लाई सहज जीवनयापनका लागि यसअघि मासिक २५ हजार रुपैयाँ भत्ता दिँदै आएकोमा उक्त रकममा वृद्धि गरी मासिक ५० हजार रुपैयाँ उपलब्ध गराउने निर्णय भएको मन्त्री कार्कीको भनाई छ । 

Tags :
प्रतिक्रिया दिनुहोस