आचारसंहिताबारे आयोगले थाल्यो छलफल « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

आचारसंहिताबारे आयोगले थाल्यो छलफल


९ आश्विन २०७९, आइतबार


काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिताबारे राजनीतिक दलहरूसँग छलफल थालेको छ ।

आगामी ४ मंसिरमा हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि आवश्यक आचारसंहिता निर्माण गर्न आयोगले दलहरूसँग छलफल सुरु गरेको हो । 

निर्वाचन आयोगको केन्द्रीय कार्यालयमा भर्खरै सुरु भएको छलफलमा आयोगका प्रमुखसहितका आयुक्तहरू, प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री बालकृष्ण खाँण, एमालेबाट सुवास नेम्वाङ, एकीकृत समाजवादीबाट अध्यक्ष माधवकुमार नेपाल, माओवादीबाट लीलामणि पोखरेललगायत सहभागी छन् । 

निर्वाचनमा सहभागी हुने दलहरूसँगको सामूहिक छलफलपछि आयोगले आचारसंहिता तयार पारी जारी गर्नेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस