वाणिज्य विभागको अनुगमन राजमार्ग केन्द्रित « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

वाणिज्य विभागको अनुगमन राजमार्ग केन्द्रित


९ आश्विन २०७९, आइतबार


काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चाडपर्व केन्द्रित बजार अनुगमनलाई राजमार्ग र उपत्यकाबाट बाहिरिने नाका केन्द्रित गरेको छ ।

शनिबार विभागको १० वटा टोलीले काठमाडौँ भित्रिने र बाहिरिने नाका क्षेत्रका बजारहरूमा अनुगमन गरेको छ । धादिङको गल्छी, काठमाडौँको दक्षिणकाली, काभ्रेको बनेपा र धुलिखेलमा अनुगमन गरिएको विभागले जनाएको छ ।

शनिबार धादिङको गल्छी र थाँक्रेमा ८ वटा होटेल तथा खाद्य स्टोरमा विभागले अनुगमन गरेको थियो । अनुगमनका क्रममा एउटा खाद्य स्टोरलाई ५ लाख रुपैयाँ जरिबाना गरिएको थियो भने दुई वटा होटेलबाट प्रतिबन्धित रेडबुल नष्ट गरिएको थियो । यस्तै दक्षिणकालीको ७ वटा फरक फरक खाद्य तथा मदिरा स्टोरमा गरिएको अनुगमनमा ३ वटालाई तत्काल जरिबाना गरिएको थियो ।

यस्तै, पनौती र बनेपामा गरिएको बजार अनुगमनमा १३ वटा फर्महरूलाई जरिवाना गराइएको थियो । विभागले दसैँको बेला यात्रुको बाहिरिने प्रमुख नाका क्षेत्रको अनुगमनलाई खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको सहकार्यमा तीव्रता दिने जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस