सभामुख र उपसभामुखको कार्यकालसम्बन्धी रिटमा भएन अन्तरिम आदेश  « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

सभामुख र उपसभामुखको कार्यकालसम्बन्धी रिटमा भएन अन्तरिम आदेश 


९ आश्विन २०७९, आइतबार


काठमाडौँ । सभामुख र उपसभामुखको कार्यकाल समाप्त भइसकेको दाबी गर्दै परेको रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ ।

आइतबार न्यायाधीश हरिप्रसाद फुयाँलको इजलासमा परेको रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई विपक्षी बनाइएको थियो ।

रिटमा सभामुख र उपसभामुखको कार्यकाल सकिएको दाबी गर्दै उनीहरूलाई पदीय हैसियतमा निर्णय गर्न तथा सेवा सुविधा लिन रोक लगाउन अन्तरिम आदेश माग गरिएको थियो ।

न्यायाधीश फुयाँलको एकल इजलासले विपक्षीबाट लिखित जवाफ प्राप्त भएपछि रिटमा अग्राधिकार दिने आदेश जारी गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस