२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कायममुकायम प्रधानन्यायाधीश कार्की आज बिदा हुँदै, अव नेतृत्वमा को ?

अ+ अ-

काठमाडौँ । सर्वोच्च अदालतले कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीलाई आज बिदाइ गर्न लागेको छ।  असोज १७ गतेदेखि ६५ वर्षको उमेर हदका कारण कायम मुकायम प्रधानन्यायाधीश कार्कीले अवकाश पाउँदै छन्। 

भोलिदेखि दसैँ बिदा सुरु हुने भएकाले आजै कामु कार्कीलाई औपचारिक बिदाइ गर्न लागेको सर्वोच्चका प्रवक्ता विमल पौडेलले जानकारी दिए। 

कार्कीले अवकासको एक महिना अघिदेखि मुद्दा हेरेका छैनन्। उनले अन्य प्रशासनिक काम मात्र गर्दै आएका थिए। 

गएको फागुन १ गते प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्ध महाअभियोग लगाउने प्रस्ताव संसदमा दर्ता भएपछि कार्कीले सर्वोच्च अदालतको नेतृत्व सम्हालेका थिए। 

राणा निलम्बनमा परेपछि उनी कायममुकायम प्रधानन्यायाधीश भएका हुन्। संविधानले प्रधानन्यायाधीशले काम गर्न नसकेको अवस्थामा कायममुकायमले प्रधानन्यायाधीशले गर्ने सबै काम गर्नुपर्ने व्यवस्था गरेको छ। 

कार्की २०७३ साल साउनमा सर्वोच्च अदालतको न्यायाधीश भएका थिए। त्यसअघि उनी २ वर्ष पुनरावेदन अदालतको न्यायाधीश थिए।  

२०३७ सालमा शाखा अधिकृतबाट न्यायसेवा प्रवेश गरेका कार्की २०३९ सालमा जिल्ला न्यायाधीश भएर २३ वर्षसम्म उनले विभिन्न अदालतमा काम गरे। 

२०६३ सालमा उनी उच्च अदालतको न्यायाधीशमा नियुक्त भएका थिए। उच्च अदालतको न्यायाधीश र मुख्य न्यायाधीश भएर १० वर्ष काम गरे।

न्यायाधीश कार्कीपछि न्यायालयको नेतृत्व वरिष्ठतम् न्यायाधीश हरिकृष्ण कार्कीले लिनेछन्। उनी पनि कायममुकायम प्रधानन्यायाधीश नै रहनेछन्। 

प्रधानन्यायाधीश राणालाई संसदीय सुनुवाई समितिले महाअभियोग लगाउन सिफारिस गरे पनि संसदले पास गरिसकेको छैन। त्यसैले कायममुकायम प्रधानन्यायाधीश भएर कार्कीले अब २ महिना चलाउनेछन्। 

मङ्सिर २७ मा राणाको ६५ वर्षे उमेर हद सकिएर अवकाश पाउनेछन्। त्यसपछि भने बल्ल सर्वोच्च अदालतमा प्रधानन्यायाधीश नियुक्त हुनेछन्।

प्रतिक्रिया दिनुहोस