नक्कली आइडीमार्फत आठ हजार १०० जनाले गाली गरे : महेश बस्नेत « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

नक्कली आइडीमार्फत आठ हजार १०० जनाले गाली गरे : महेश बस्नेत


७ आश्विन २०७९, शुक्रबार


काठमाडौँ । नेकपा (एमाले)का नेता महेश बस्नेतले सामाजिक सञ्जालको दुरुपयोग गरी युवाहरूमा भ्रम छर्ने काम भइरहेको बताएका छन् । शुक्रबार राष्ट्रिय युवा सङ्घको प्रचार भेलामा नेता बस्नेतले पछिल्लो समय सामाजिक सञ्जालको दुरुपयोग गरी विभिन्न समूहले युवाहरूमा भ्रम छरेको बताएका हुन् । 

उनले राष्ट्रिय युवा सङ्घले निराशाको भ्रम छर्ने समूहलाई परास्त गर्न सक्नुपर्ने बताए । पछिल्लो समय युवाहरूमा देखिएको निराशालाई युवा सङ्घले समयमा समाल्न नसके विदेश पलायन वा विकृतिमा लाग्ने उनले बताए ।

उनले सामाजिक सञ्जालको दुरुपयोग गरेर माओवादी, वाईसीएल, काँग्रेस, नेविसंघलगायतले भ्रम छरेको आरोप लगाए । नेता बस्नेतले नेपालमा राजनीतिक अस्थिरता फैल्याउन पार्टीका नेता कार्यकर्तालाई समाप्त पार्ने गरी महाशक्ति राष्ट्रका खेताला र गोठालाहरू उत्पादन गर्न विभिन्न समूह लागेको बताए । त्यसका लागि अन्तर्राष्ट्रिय मिसनहरूसमेत परिचालित भएको उनको दाबी छ ।

नेता बस्नेतले आगामी निर्वाचनलाई लक्षित गरी एमालेमाथि जथाभाबी आक्रमण भइरहेको बताए । उनले सामाजिक सञ्चाल र साइबरमार्फत एउटा कोठामा बसेर एमालेलाई गरेको आक्रमण गरेको बताए ।

नेता बस्नेतले आफूलाई नक्कली आइडीमार्फत आठ हजार १०० जनाले गाली गरेको पनि बताए । नक्कली आइडी बनाएर गाली गर्नेहरूलाई राम्रो सम्बोधन गर्न नसकिने उनको भनाइ छ ।

Tags :
प्रतिक्रिया दिनुहोस