अब मन्थलीबाट सोलुखुम्बु-लुक्ला उडान हुने « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

अब मन्थलीबाट सोलुखुम्बु-लुक्ला उडान हुने


७ आश्विन २०७९, शुक्रबार


काठमाडौँ । रामेछापको मन्थली विमानस्थलबाट सोलुखुम्बु-लुक्ला उडान हुने भएको छ।

यसअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौँबाट हुँदै आएको सोलुखुम्बु-लुक्ला उडान निकट भविष्यमै रामेछापको मन्थली विमानस्थलबाट सुरु हुने निर्णय गरिएको नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारीले जानकारी दिए।

प्राधिकरणको निर्णयअनुसार रामेछाप-लुक्ला उडानका लागि विमानस्थलमा आवश्यक पर्ने संरचना तथा सेवा सुविधाका लागि विमानस्थल निर्माण कार्य विस्तार भइरहेको उनले बताए।

निजी क्षेत्रका हवाइसेवा प्रदायक कम्पनीले यही असोज ९ गतेदेखि रामेछाप-लुक्ला उडान सुरु गर्ने तयारी गरिसकेका पनि उनले बताए।

लुक्ला उडान गर्ने यात्रु बढी विदेशी पर्यटक हुने भएकाले रामेछापको मन्थली विमानस्थललाई व्यवस्थित बनाउन आवश्यक रहेको देखिएकाले आवश्यक संरचना तथा सेवा सुविधाका लागि निर्माण कार्य तीव्र गतिमा विस्तार भइरहेको प्राधिकरणले जनाएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस