फरक क्षमताका व्यक्तिको अधिकारका लागि देशव्यापी आन्दोलनको चेतावनी  « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

फरक क्षमताका व्यक्तिको अधिकारका लागि देशव्यापी आन्दोलनको चेतावनी 


७ आश्विन २०७९, शुक्रबार


काठमाडौँ । राष्ट्रिय अपाङ्ग महासङ्घले अपाङ्ग अधिकारका लागि देशव्यापी आन्दोलनको चेतावनी दिएको छ। महोत्तरीमा जारी तेस्रो साधारणसभा सहभागीहरूले यस्तो चेतावनी दिएका छन्। 

उद्घाटन समारोहलाई  सम्बोधन गर्दै नेपाली काँग्रेस मधेस प्रदेश सूचना सञ्चार तथा प्रचारप्रसार विभाग प्रमुख नीतीशकुमार गुप्ताले संविधान र अन्तर्राष्ट्रिय अपाङ्ग महासन्धिले अपाङ्गता अधिकारको सवालमा धेरै व्यवस्था गरे पनि कार्यान्वयन हुन नसकेको गुनासो गरे। 

उनले प्रतिनिधिसभा र प्रदेश सभामा समावेशीको निर्वाचन आयोगले अपाङ्ग आरक्षण कोटा व्यवस्था नगरेकोमा अपाङ्गलाई भेदभाव गरेकोमा गम्भीर आपत्ति जनाए। 

त्यस्तै, स्थानीय निकायले निर्देशिका विपरीत अपाङ्ग परिचयपत्र वितरण गरी राज्यको पैसा दुरुपयोग गरेकाले यसको छानबिन हुनुपर्ने माग राखे। कार्यक्रममा आठ जिल्लाबाट ९० जना प्रतिनिधिको सहभागिता रहेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस