पर्यटन बोर्डका कर्मचारी आन्दोलित, यस्ता छन् माग ! « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

पर्यटन बोर्डका कर्मचारी आन्दोलित, यस्ता छन् माग !


७ आश्विन २०७९, शुक्रबार


काठमाडौँ । विभिन्न माग अघि सार्दै नेपाल पर्यटन बोर्डका कर्मचारीहरू आन्दोलित भएका छन् । नेपाल पर्यटन बोर्ड कर्मचारी सङ्गठन र नेपाल पर्यटन बोर्ड कर्मचारी युनियनले संयुक्त रूपमा विभिन्न मागहरू तत्काल सम्बोधन गर्न माग गरेका छन् ।

नेपाल पर्यटन बोर्डको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित बन्द भएको राजस्व कार्यालय तत्काल सुचारु गर्न र पर्यटक सेवा शुल्कसम्बन्धी विवाद समाधान गर्न माग गरेका छन् ।

बोर्डको चालु आर्थिक वर्ष २०७९र८० को आम्दानी प्रक्षेपण स्वभाविक, प्राकृतिक, यथार्थपरक र वस्तुपरक हुने गरी बजेट तर्जुमा गर्न पनि उनीहरूको माग छ ।

बोर्डको उद्देश्य अनुकूल विदेशी पर्यटकको आगमन वृद्धि गरी विदेशी मुद्रा भित्र्याइ सरकार र पर्यटन व्यासदायीलाई सहयोग पुग्ने गरी अन्तर्राष्ट्रिय प्रवर्द्धनमा बजेट केन्द्रित गर्न समेत उनीहरूले माग गरेका छन् ।

नेपाल सरकारले निर्णय गरेको तलब वृद्धि नेपाल पर्यटन बोर्डमा पनि लागू गन र मागहरू पूरा नभएसम्म सम्पूर्ण कर्मचारीहरूले ‘पेन डाउन’ गर्ने निर्णय भएको संयुक्त ट्रेड युनियनले बताएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस