डा.केसी पक्ष र सरकारबीच चौथो चरणको वार्ता जारी « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

डा.केसी पक्ष र सरकारबीच चौथो चरणको वार्ता जारी


७ आश्विन २०७९, शुक्रबार


काठमाडौँ । स्वास्थ्य सेवा क्षेत्र सुधारका सात बुँदे माग राख्दै अनशनरत डा.गोविन्द केसी पक्ष र सरकारबीच आज चौथो चरणको वार्ता जारी छ । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा जारी वार्तामा सरकारका तर्फबाट तीनजना र डा.केसीका पक्षबाट पाँचजना र नेपाल चिकित्सक सङ्घबाट एक जना प्रतिनिधि सहभागी छन् । 

आज पनि डा.केसीका मागमाथि बुँदागत छलफल चलिरहेको उनका प्रेस संयोजक प्रितम सुवेदीले जानकारी दिए । 

देशभरका सरकारी अस्पतालमा बेडअनुसारको दरबन्दी व्यवस्था गर्नुपर्ने, जनसङ्ख्या वृद्धिअनुसार अस्पताल÷स्वास्थ्य संस्थाको स्तरवृद्धि गर्नुपर्ने, सरकारी अस्पतालमा टिकट, ल्याब, एक्सरेलगायत आधारभूत स्वास्थ्य सेवा निःशुल्क हुनुपर्ने लगायतका सातबुँदे माग राख्दै डा। केसी १२ दिनदेखि आमरण अनशनमा रहेका छन् । 

Tags :
प्रतिक्रिया दिनुहोस