रक्षकबाटै जानी-बुझी संविधान मिच्ने काम भयो : प्रचण्ड « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

रक्षकबाटै जानी-बुझी संविधान मिच्ने काम भयो : प्रचण्ड


७ आश्विन २०७९, शुक्रबार


काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानको संरक्षकबाट नै जानी बुझी मिच्ने काम भएको टिप्पणी गरेका छन् । 

अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी) को तेस्रो राष्ट्रिय भेलालाई काठमाडौँमा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले राष्ट्रपति विद्यादेवी भण्डारीप्रति लक्षित गर्दै नागरिकता विधेयक प्रमाणीकरण नगरेर संविधानको पालक र संरक्षकबाटै संविधान मिच्ने काम भएको बताए ।

‘मैले मूर्तरूपमा भन्दै छु । अहिले संविधान खुलेयाम मिच्ने काम भयो । संविधानको पालक र  रक्षकबाट नै  जानी बुझी मिचियो । नजानेर वा झुक्किएर होइन ।   जानी बुझी संविधान मिच्ने काम भएको छ ’ प्रचण्डले भने, ‘यो सामान्य होइन । यो हजारौँको बलिदानबाट प्राप्त उपलब्धि, लाखौँ लाख किसानहरू उत्पीडित समुदायको आन्दोलनबाट प्राप्त उपलब्धि खोस्ने, अपहरण गर्ने षडयन्त्रकै एउटै कडी हो ।’ संविधान मिच्ने प्रवृत्तिलाई जनता र परिवर्तनकारी शक्तिको एकताले मात्रै परास्त गर्न सकिने प्रचण्डले जिकिर गरे । 

संविधान र व्यवस्थामाथि गत सालदेखि नै सुरु भएको प्रतिगमन अझै नरोकिएको प्रचण्डले दाबी गरे ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीप्रति लक्षित गर्दै प्रचण्डले गत सालको प्रतिगमन सडकबाट लाखौँ जनता उतारेर परास्त गरेको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस