महानगरले खाली गराएको अन्डरग्राउण्डमा सुरू भयो पार्किङ « प्रशासन
Logo ७ जेष्ठ २०८१, सोमबार
   

महानगरले खाली गराएको अन्डरग्राउण्डमा सुरू भयो पार्किङ


७ आश्विन २०७९, शुक्रबार


काठमाडौँ । काठमाडौँ महानगरपालिकाले अन्डरग्राउण्ड खाली गराएका भवनमा पार्किङ सुरू भएको छ ।

बानेश्वर प्लाजामा आजदेखि सवारीसाधनको पार्किङ सुरू गरिएको हो । भदौ ६ गते महानगरको टोलीले यहाँको अण्डरग्राउण्ड पार्किङ खुला गराएको थियो । दुई पाङग्रे सवारी साधनका लागि प्रतिघण्टा २५ रुपैयाँ शुल्क लिएर पार्किङ सुरू गरिएको छ ।

अन्डरग्राउण्ड पार्किङको नक्सा पास गरेर व्यापारिक प्रयोजनका लागि प्रयोग गरेको पाइएको भन्दै सूचनामार्फत हटाउन दिइएको समयमा अटेरी गरेपछि महानगर ‘एक्सन’ मा उत्रिएको थियो ।

मेयर बालेन्द्र साह ‘बालेन’ ट्राफिक अधिकारी लिएर अण्डरग्राउण्ड पार्किङ खाली गराउन जुटेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस