गाडीले किचेर १७ महिने बालकको मृत्यु « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

गाडीले किचेर १७ महिने बालकको मृत्यु


७ आश्विन २०७९, शुक्रबार


भक्तपुर । भक्तपुरको मध्यपुर ठिमी नगरपालिका वडा नं.१ लोकन्थली त्रिपुरासुन्दरी ग्रिल उद्योग अगाडि शुक्रबार गाडीले किचेर १७ महिनाको बालकको मृत्यु भएको छ ।

खेल्दाखेल्दै पानी झार्न रोकिराखेको बा ५ ख ७८१७ नं. को निशान गाडीमुनि छिरिरहेको अवस्थामा गाडी अगाडि बढाउँदा किचेर बालकको मृत्यु भएको हो ।

महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार सिन्धुपाल्चोक त्रिपुरासुन्दरी गाउपाँलिका वडा नं. ५ घर भइ हाल लोकन्थली बस्ने केशवलाल श्रेष्ठका छोरा १७ महिनाको सलिन श्रेष्ठको मृत्यु भएको परिसरका सूचना अधिकृत राजु पाण्डेले बताए ।

घटनापछि गम्भीर घाइते भइ उपचारको लागि समिट अस्पताल लोकन्थली लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

सवारी चालक सिन्धुपाल्चोक मेलम्ची-३ घर भई मुलपानी बस्ने २३ वर्षीय आकाश भुजेललाई प्रहरी वृत्त ठिमीले पक्राउ गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस