२८ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

महानगरको राजस्व असुली दर ३० प्रतिशतले बढ्यो

अ+ अ-

काठमाडौँ । चालु आर्थिक वर्षमा काठमाडौँ महानगरपालिकाको राजस्व सङ्कलनमा वृद्धि भएको छ । ५ असोजसम्म महानगरपालिकाले १ अर्ब ६७ करोड १४ लाख ६ हजार ९८३ रुपैयाँ राजस्व सङ्कलन भएको छ ।

गत आर्थिक वर्ष २०७७/७८ को ५ असोजसम्म १ अर्ब २८ करोड ७१ लाख ३२ हजार ६६८ रुपैयाँ राजस्व सङ्कलन भएको थियो । यसअनुसार यो वर्ष गत वर्षको समीक्षा अवधिको तुलनामा २९।८५ प्रतिशत अर्थात् ३८ करोड ४२ लाख ७४ हजार ३१५ रुपैयाँ बढी राजस्व उठेको महानगरपालिकाले जनाएको छ ।

विगत वर्षहरूमा अटेर गरेर कर नतिर्ने ठूला करदातालाई पत्राचार गरेर कडाइ गरेपछि यस वर्ष राजस्व सङ्कलनको मात्रामा वृद्धि भएको राजस्व विभागका प्रमुख डा.शिवराज अधिकारीले बताए ।

मनोरञ्जन कर तिर्न नमानेका क्यासिनो सञ्चालकहरुलाई पत्राचार गरेपछि चालु आर्थिक वर्षको यस अवधिसम्ममा ८६ लाख ४५ हजार १८९ रुपैयाँ कर तिरिसकेका छन् ।

करको दायरामा आउन नमानेका सङ्घ संस्थाले १ करोड ८० लाख ७३ हजार ३११ रुपैयाँ सम्पत्ति कर पनि तिरेका छन् । यस्तै बहाल कर बुझाउन आनाकानी गरिरहेका सङ्घ संस्थाहरूबाट ७८ लाख ३६ हजार ४४१ रुपैयाँ ६६ पैसा राजस्व असुली भएको राजस्व विभागका प्रमुख डा.अधिकारीले बताए ।

पत्राचार गरिएकामध्ये विभिन्न व्यवसायीहरूले १८ लाख रुपैयाँ व्यवसाय कर बुझाएका छन् । नियमित करदाताबाहेक कर तिर्न अटेर गर्नेहरूबाट करिब ५० करोड रुपैयाँ राजस्व थप हुने प्रक्षेपण गरिएको अधिकारीले बताए ।

प्रतिक्रिया दिनुहोस