डेढ सातामै फेरिए सप्तरीका सिडिओ, सहायक गरी थप डेढ दर्जनको सरुवा  « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

डेढ सातामै फेरिए सप्तरीका सिडिओ, सहायक गरी थप डेढ दर्जनको सरुवा 


६ आश्विन २०७९, बिहिबार


काठमाडौँ । गृह मन्त्रालयले सप्तरीका प्रमुख जिल्ला अधिकारी नूरहरि खतिवडालाई १० दिनमै सरुवा गरेको छ। खतिवडालाई प्रदेश नम्बर १ को मुख्यमन्त्री कार्यालयमा सरुवा गरिएको हो । 

उनको ठाउँमा सहसचिव भूपेन्द्र थापालाई खटाएको छ। थापाले बिहीबार (आज)देखि जिम्मेवारी सम्हालेका छन्। 

यस्तै, अछाम जिल्लाका सिडिओ पनि फेरिएका छन्। अछाममा उपसचिव रामदत्त पाण्डेलाई पठाइएको छ।

सहायक र प्रजिअ गरी डेढ दर्जन बढीको सरुवा गरिएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस