२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

डेंगु लागेर अछामका कोष तथा लेखा नियन्त्रकको मृत्यु 

अ+ अ-

काठमाडौँ । कोष तथा लेखा नियन्त्रक कार्यालय अछामका प्रमुख जयकुमार चन्दको डेंगु लागेर मृत्यु भएको छ। ४९ वर्षीय चन्दको उपचारका क्रममा भारतको लखनउमा मृत्यु भएको हो।

३१ भदौको रातिदेखि बिरामी परेका उनलाई भोलिपल्ट १ असोजमा नै डेंगु देखिएको थियो। जिल्ला अस्पताल अछाममा रगत परीक्षणका क्रममा डेंगु देखिएपछि चन्दलाई ज्वरो आउने, टाउको दुख्ने र शरीर गल्ने समस्याले झन् असहज बनाएको थियो। 

जिल्ला अस्पताल अछामका सिनियर अनमी गङ्गा बुढामगरका अनुसार त्यो वेला उनलाई १०३.६ डिग्रीभन्दा धेरै ज्वरो थियो भने सुगर र प्रेसरसमेत असन्तुलित अवस्थामा रहेको थियो। 

दुई दिनसम्म जिल्लामै बसेर उपचार गरे पनि अवस्था झन्झन् जटिल बन्दै गएपछि उनलाई थप उपचारका लागि कार्यालयकै गाडीमा नेपालगन्ज लगिएको कोष तथा लेखा नियन्त्रक कार्यालयका लेखापाल रामबहादुर माझीले बताए। 

उनका अनुसार चन्दलाई नेपालगन्जमा रहेको कान्ति अस्पतालमा भर्ना गरिएको थियो। तर, त्यहाँ पनि उपचार सम्भव नदेखिएपछि काठमाडौं ल्याउने तयारी गरिए पनि अक्सिजनको लेबल निकै कम हुँदै गएकाले हवाईजहाजमार्फत यात्रा गर्न नमिल्ने देखिएकाले भारतको लखनाउ लगेर उपचार थालिएको थियो। 

लखनउमा उपचाररत चन्दको सुगरको मात्रा निकै बढेको र प्रेसर घटेपछि उनको मृत्यु भएको हो। सल्यान जिल्लाको बागचौर नगरपालिका–८ का चन्द दुई वर्षअघि कोष तथा लेखा नियन्त्रक कार्यालय अछाममा कार्यालय प्रमुखका रूपमा हाजिर भएका थिए।