युरोपेली संसदीय प्रतिनिधिमण्डल काठमाडौँमा « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

युरोपेली संसदीय प्रतिनिधिमण्डल काठमाडौँमा


६ आश्विन २०७९, बिहिबार


काठमाडौँ । युरोपेली संसदीय प्रतिनिधिमण्डल दुई दिने नेपाल भ्रमणमा आइपुगेको छ ।

नेपालको संविधान २०७२ जारी भएयता यहाँको संघीय लोकतान्त्रिक प्रणाली कार्यान्वयनमा भइरहेको प्रगातिका विषयमा जानकारी लिन युरोपेली संसदकी उपाध्यक्ष इभेलिन रेग्नर नेतृत्वको चार सदस्यी टोली नेपाल आइपुगेको हो ।

युरोपेली संसदको भ्रमण टोलीमा अष्ट्रियाबाट रेग्नर, जर्मनीबाट उलरिक मुलर, म्याक्सिमिलियन केराह र चेक रिपब्लिकबाट टमस जेचोभस्की छन् ।

भ्रमणबाट नेपाल र युरोपेली युनियनबीच रहीआएको सहकार्य विस्तार तथा सहकार्य अभिवृद्धिमा योगदान गर्ने नेपालस्थित युरोपेली प्रतिनिधिमण्डलको कार्यालयले जनाएको छ ।

युरोपेली सांसदको प्रतिनिधिमण्डलले राजनीतिक नेतृत्व, सरकार र नागरिक समाज लगायतसँग सहकार्यका विषयमा अन्तरक्रिया गर्ने छ ।

Tags :
प्रतिक्रिया दिनुहोस