बैतडीमा ५ मतदान केन्द्र थपिए, ११ मतदानस्थलको नाम र स्थान परिवर्तन « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

बैतडीमा ५ मतदान केन्द्र थपिए, ११ मतदानस्थलको नाम र स्थान परिवर्तन


६ आश्विन २०७९, बिहिबार


बैतडी । आगामी मङ्सिरमा हुने प्रदेश र प्रतिनिधिसभाको निर्वाचनको लागि बैतडीमा पाँच मतदान केन्द्र थप गरिएका छन् ।

जिल्ला निर्वाचन अधिकारी माधवप्रसाद फुँयालका अनुसार मतदाता सङ्ख्याको आधारमा मतदानकेन्द्र थप गरिएका हुन् । जिल्लाको दशरथचन्द नगरपालिकाका तीन, मेलौली नगरपािलका र पुर्चौँडी नगरपािलकामा एकरएक मतदान केन्द्र थप गरिएका छन् ।

दशरथचन्द नगरपालिका-१ मा रहेको मणिलेक मावि र गुरुखोलामा दुई मतदान केन्द्र रहेकोमा थप एक गर्दै तीन केन्द्र बनाइएका छन् ।

दशरथचन्द नगरपालिका-४ मा रहेको शिवस्थली मावि जर्ग, दशरथचन्द नगरपालिका–५ को वडा कार्यालय पल्लाचौँडाली, पुर्चौँडी नगरपालिका-६ मा रहेको जनता मावि रौनालीचौर, मेलौली नगरपालिका-२ मा रहेको कोटेश्वर माविमा एक मतदान केन्द्र रहेकोमा त्यहाँ पनि एकरएक थप्दै दुई बनाइएका छन् ।

यस्तै यहाँका विभिन्न ११ ओटा मतदानस्थलको नाम र स्थान परिवर्तन गरिएको छ । आवश्यकतानुसार ११ ओटा मतदानस्थलमध्ये ६ ओटा नाम परिवर्तन गरिएको छ, भने पाँच ओटाको स्थान परिवर्तन गरिएको हो ।

दशरथचन्द नगरपालिका-५ को साविकको गाविस भवन मतदानस्थलको नाम परिवर्तन गरेर वडा नं ५ कार्यालय पल्लाचौँडाली राखिएको छ । यस्तै पञ्चेश्वर गाउँपालिका २ मा साविकको गाविस भवनको ठाउँमा वडा नं २ को कार्यालय, वडा नं ५ मा साविकको गाविस भवनको ठाउँमा वडा नं ५ को कार्यालय र वडा नं ६ मा साविकको गाविस भवनको ठाउँमा वडा नं ६ को कार्यालय नाम राखिएको छ ।

यस्तै सुर्नया गाउँपालिका–१ मा साविकको गाविस भवन गुर्केलीको ठाउँमा वडा नं १ को कार्यालय हटैराज नाम राखिएको छ । यस्तै पुर्चौँडी नगरपालिका–७ मा साविकको गाविस भवनको ठाउँमा वडा नं ७ को कार्यालय नाम राखिएको छ ।

यस्तै पाँच ओटा मतदानस्थलको ठाउँ परिवर्तन गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । दशरथचन्द नगरपालिका-८ को साविकको गाविस भवन त्रिपुरासुन्दरीमा रहेको मतदानस्थल स्वास्थ्यचौकी भवन त्रिपुरासुन्दरी, साविकको गुरुखोला गाविस भवनमा रहेको मतदानस्थल मणिलेक मावि गुरुखोला, मेलौली नगरपालिका-२ को साविकको गाविस भवनमा रहेको मतदानस्थल धर्मघर मावि सलेना, दोगडाकेदार गाउँपालिका-७ को साविकको गाविस भवनमा रहेको मतदानस्थल भूमेश्वर आधारभूत विद्यालय रिखाली र सिगास-४ कैलपाल आधारभूत विद्यालयमा रहेको मतदानस्थल वडा नं ४ को कार्यालयमा राखिएको छ ।

प्रमुख जिल्ला अधिकारी संयोजक रहेको मतदानस्थल तथा मतदान केन्द्र पुनरावलोकन समितिले यी नाम र स्थान परिवर्तन गर्न यसअघि आयोगलाई सिफारिस गरिएको र सोही सिफारिसको आधारमा परिवर्तन भएर आएका हुन् । जिल्लामा एक सय २९ ओटा मतदानस्थलका दुई सय १० ओटा मतदान केन्द्र रहेका छन् ।

बैतडीमा एक लाख ५० हजार एक सय ५६ मतदाता प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा सहभागी हुनेछन् । गत वैशाखमा सम्पन्न स्थानीय तको निर्वाचनमा बैतडीमा एक लाख ४८ हजार ६०६ मतदाता रहेका थिए । यहाँ प्रतिनिधिसभाको लागि एक र प्रदेशसभाको लागि दुई निर्वाचन क्षेत्र रहेका छन् ।

आगामी मङ्सिर ४ मा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनको तयारीसमेत थालिएको निर्वाचन कार्यालयले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस