नागरिकता विधेयकबारे राष्ट्रपतिको निर्णयविरुद्ध सर्वोच्चमा रिट « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

नागरिकता विधेयकबारे राष्ट्रपतिको निर्णयविरुद्ध सर्वोच्चमा रिट


६ आश्विन २०७९, बिहिबार


काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ।

संविधान अनुसार नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै राष्ट्रपति विरुद्ध सर्वोच्च अदालतमा बिहीबार रिट परेको हो।

संघीय संसद्को दुवै सदनले दोस्रोपटक पारित गरेर प्रमाणीकरणका लागि पठाएको नागरिकता विधेयक अस्वीकार गरेर राष्ट्रपति भण्डारीले ‘संसदीय सर्वोच्चता र संविधानको ठाडो उल्लंघन’ गरेको भन्दै सुनिल रञ्जनसिंह लगायतले सर्वोच्चमा रिट हालेका हुन्।

सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलका अनुसार बिहीबार सुनिल रञ्जनसिंह लगायतको रिट परेको छ।

रिटबारे अध्ययन भइरहेकाले दर्ताको प्रक्रियामा रहेको प्रवक्ता पौडेलले जानकारी दिए। प्रवक्ता पौडेलले यो बाहेक अरू पनि रिट परेको जानकारी दिए।

Tags :
प्रतिक्रिया दिनुहोस