डोटीमा प्रेम आले, काँग्रेसका बलायर कैलाली ४ मा उठ्न तयार « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

डोटीमा प्रेम आले, काँग्रेसका बलायर कैलाली ४ मा उठ्न तयार


५ आश्विन २०७९, बुधबार


काठमाडौँ । काँग्रेस नेता वीरबहादुर बलायर डोटी एकीकृत समाजवादीलाई छोड्न तयार भएका छन् ।

२०७४ मा बामगठबन्धनबाट प्रेम आलेले डोटीमा निर्वाचन जितेका थिए । आले हाल एकीकृत समाजवादीमा छन् । अघिल्लो स्थानमा आधारमा आलेले डोटीमा दाबी गर्दै आएका थिए ।

स्थानीय तहको मतमा काँग्रेस पहिलो दल हुनुको साथै गठबन्धनका अन्य उम्मेदवारलाई जिताउन नसकिने बलायरले बताउँदै आएका थिए ।

यसअघि आलेलाई छोड्न नसकिने दाबी गर्दै आएका बलायर लचिलो बनेका छन् । गृह जिल्ला डोटी छोडेर बलायर कैलाली ४ मा गठबन्धनबाट उम्मेदवार बन्ने भएका छन् । कैलाली ४ मा उम्मेदवार बन्न लागेको बलायरले बताए ।

आफ्नो घर पनि रहेकालाई उक्त क्षेत्रमा उम्मेदवार बन्न लागेको उनले सुनाए । प्रधानमन्त्री पत्नी आरजु राणाको नाम कैलाली ५ बाट प्रत्यक्षतर्फ सिफारिस गरिए पनि उनी समानुपातिक उम्मेदवार बनेकी छन् । क्षेत्रीय समितिले केन्द्रीय सदस्य ननसिंह महर सहित डा.लक्ष्मीराज पाठक, सुनिलकुमार भण्डारी, प्रकाश बम, भोजराज भट्ट र प्रदीपराज जोशीलाई प्रत्यक्षतर्फ सिफारिस गरेको थियो ।

गत निर्वाचनमा कैलाली ४ मा वामगठबन्धनबाट लेखराज भट्टले जितेका थिए । बलायर काँग्रेसका सुदूरपश्चिम सभापति समेत हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस