रूसलाई युरोकप छनोट खेल्न प्रतिबन्ध « प्रशासन
Logo ४ जेष्ठ २०८१, शुक्रबार
   

रूसलाई युरोकप छनोट खेल्न प्रतिबन्ध


५ आश्विन २०७९, बुधबार


काठमाडौँ । रूसले आगामी सन् २०२४ मा हुने युरोकप छनोट खेल्न नपाउने भएको छ।

गत फेब्रुअरीमा युक्रेनमाथि आक्रमण गरेसँगै विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) र युइएफएले रूसलाई अन्तर्राष्ट्रिय फुटबलमा प्रतिबन्ध लगाएको थियो। त्यसयता रूस र रुसी क्लबहरू फिफा र युइएफएको प्रतिबन्धमा छन्।

‘रुसलाई युरोपियन फुटबल च्याम्पियनशिप २०२२–२४ को छनोट ‘ड्र’ मा समावेश नगरिएको युइएफएले विज्ञप्तिमा भनेको छ। रूसले यसै वर्ष कतारमा आयोजना हुने फिफा विश्वकपमा समेत प्रतिबन्ध गरिएको छ।

आगामी वर्ष जर्मनीमा आयोजना हुने युरो २०२४ का लागि ‘ड्र’ अक्टोबर ९ मा फ्रान्कफर्टमा सार्वजनिक हुँदैछ ।

यससँगै रूसले सन् २०२२ देखि २०२४ सम्म हुने युरोकपको छनोट चरणमा सहभागी हुन नपाउने भएको छ। छनोट ड्रमा ५३ राष्ट्रले सहभागिता जनाउनेछन्।

विभिन्न १० समूहमा विभाजित टोलीका समूह विजेता र उपविजेताले युरोकप खेल्नेछन्। बाँकी ४ टोलीमध्ये ३ वटा टोली प्लेअफबाट आउनेछन् भने आयोजकको हिसामा जर्मनी स्वतः छनोट भइसकेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस