प्रधानमन्त्रीलाई देशद्रोहीको मुद्दा लगाउन माग « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

प्रधानमन्त्रीलाई देशद्रोहीको मुद्दा लगाउन माग


४ आश्विन २०७९, मंगलबार


काठमाडौँ । पाकिस्तानको पन्जाब विधान सभाले प्रधानमन्त्रीविरुद्ध देशद्रोहीको मुद्दा चलाउनुपर्ने प्रस्ताव बहुमतले पारित गरेको छ । देशको नयाँ सेना प्रमुखको नियुक्तिमा प्रधानमन्त्री शहबाज शरिफले लन्डनमा रहेका आफ्ना दाइ नवाज शरीफसँग सल्लाह मागेमा यस्तो कदम उठाउनुपर्ने सदनको माग छ । 

पञ्जाबका संसदीय मामिला मन्त्री बशरत राजाले प्रधानमन्त्री शेहबाजलाई संविधानको धारा ६ (देशद्रोह) अन्तर्गत कारबाही गर्न माग गर्दै सदनमा प्रस्ताव पेस गरेका थिए । पन्जाबमा शहबाज अघिका प्रधानमन्त्री इमरान खानको पार्टी पाकिस्तान तहरीक-ए-इन्साफ (पीटीआई) र यसको सहयोगी पार्टी पीएमएल-क्यूको शासन छ ।

प्रस्तावमा भनिएको छ, ‘प्रधानमन्त्रीले केही दिन अघि लन्डनमा बसोबास गर्दै आएका पूर्व प्रधानमन्त्री नवाज शरीफसँग नयाँ सेना प्रमुखको नियुक्तिको विषयमा सल्लाह गरे ।ु यसले संवेदनशील विषय असम्बन्धित व्यक्तिसँग साझा नगर्ने प्रधानमन्त्रीको शपथको मात्र उलघंन नभई सेनाको संस्थाको अपमान भएको सदनले भनेको छ। प्रधानमन्त्री शेहबाज स्वर्गीय महारानी एलिजाबेथ द्वितीयको राजकीय अन्त्येष्टिमा भाग लिन लन्डनमा थिए । त्यहाँ उनले आफ्ना दाइ तथा पूर्व प्रधानमन्त्री नवाज सरिफलाई पनि भेटेका थिए । भेटमा दुई जनाबीच आगामी सेना प्रमुखको नियुक्तिको बारेमा छलफल भएको बताइन्छ । 

लाहोर उच्च अदालतले चिकित्सकीय उपचारको लागि आठ हप्ताको जमानत दिएपछि नवाज नोभेम्बर २०१९ मा लण्डन गएका थिए । तर उनी पक्राउ पर्ने डरले देश फर्किएनन् । लण्डन जानुअघि नवाज यहाँको लोट लखपत जेलमा अल-अजिजिया भ्रष्टाचार मुद्दामा सात वर्षको जेल सजाय काटिसकेका थिए ।

वर्तमान सेना प्रमुख जनरल कमर जावेद बाजवा यसै वर्ष नोभेम्बरको अन्त्यमा अवकाश लिँदैछन् । शरीफको पाकिस्तान मुस्लिम लिग९एन० नेतृत्वको गठबन्धन सरकारले नयाँ सेना प्रमुख नियुक्त गर्न आफ्ना सहयोगी दल र सेनाका शीर्ष अधिकारीसँग परामर्श गरिने बताएको छ । संघीय मन्त्री खुर्रमले प्रधानमन्त्रीले नयाँ सेना प्रमुखको नियुक्तिबारे परामर्श गर्न लण्डन रहेका पीएमएल-एन सर्वोच्च नेता नवाज सरिफसँग भेट गरेको बताएपछि इमरान खानको पीटीआईले पनि प्रधानमन्त्री शेहबाजविरुद्ध देशद्रोहीको मुद्दा चलाउन माग गरेको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस