डा.केसी पक्ष र सरकारबीच दोस्रो चरणको वार्ता पनि निष्कर्षविहीन « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

डा.केसी पक्ष र सरकारबीच दोस्रो चरणको वार्ता पनि निष्कर्षविहीन


४ आश्विन २०७९, मंगलबार


काठमाडौँ । अनशनरत डा.गोविन्द केसी पक्ष र सरकारी पक्षबीचको आजको वार्ता पनि निष्कर्षविहीन बनेको छ । आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको दोस्रो चरणको वार्ता पनि कुनै निष्कर्ष ननिकालेरै सकिएको छ ।

तर, वार्तामा दुवै पक्षको सहमति हुन सक्ने सम्भावना भएका बुँदाहरूबारेमा छलफल भएको छ ।

यसअघि दुई पक्षबीच हिजो पहिलो चरणको वार्ता भएको थियो ।

स्वास्थ्य क्षेत्रको सुधारका लागि भनेर विभिन्न सात बुँदे माग राखेर ९ दिनदेखि डा.केसी धनगढीमा अनशनरतमा छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस