पर्यटकीय रुटको हेलिकप्टर चार्टर्ड भाडा बढ्यो (सूचीसहित) « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

पर्यटकीय रुटको हेलिकप्टर चार्टर्ड भाडा बढ्यो (सूचीसहित)


४ आश्विन २०७९, मंगलबार


काठमाडौँ । काठमाडौँबाट पर्यटकीय रुटमा गरिने हेलिकप्टर चार्टर्डको भाडा बढेको छ । बढेको भाडादर आगामी १५ असोज २०७९ ९१ अक्टोबर २०२२०बाट लागू हुने वायुसेवा सञ्चालक सङ्घ, नेपालले जानकारी दिएको छ ।

सङ्घले नयाँ भाडादर १२ भदौमा तय गरेको हो । हवाई इन्धनको मूल्य तथा अमेरिकी डलरको एक्स्चेन्ज रेटमा भएको वृद्धिलाई दृष्टिगत गरी सङ्घले हेलिकप्टरको नयाँ चार्टर्ड भाडादर निर्धारण गरेको जनाएको छ ।

नेपाली भाडादरमा परिवर्तन गरिएको छैन । तर, पर्यटकीय गन्तब्यमा हुने चार्टर्ड उडानको डलर फेयरमा भने वृद्धि भएको छ । यसअघि १८ जेठदेखि लागू हुने गरी सङ्घले चार्टर्ड भाडादर कायम गरेको थियो । सो बेला काठमाडौं–लुक्ला–काठमाडौं रुटमा २४ सय डलर रहेको भाडा अब भने ३ हजार डलर पुगेको छ । काठमाडौं–सगरमाथा बेस क्याम्प–काठमाडौं भाडादर ३४ सय डलरबाट ४ हजार डलर पुगेको छ ।

यो ३ यात्रुका लागि हो । ५ यात्रुको भाडा ४५ सय डलर पुगेको छ । यसअघि ५ यात्रुको ३७ सय डलर रहेको छ । काठमाडौँबाट हुने माउण्टेन फ्लाइटको भाडा ३ यात्रुको ३४ सय डलरबाट ४ हजार डलर र ५ यात्रुको ३७ सय डलरबाट ४५ सय डलर पुगेको छ ।

लुक्लाबाट एभरेस्ट बेस क्याम्पको भाडा अब ३ यात्रुको १५ सय डलर पुगेको छ । यसअघि यो रुटको भाडा १२ सय डलर रहेको थियो ।

सूची !

Tags :
प्रतिक्रिया दिनुहोस