२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

टुकुचाको भूमिगत पूर्वाधारमा पुरातत्व विभागको चासो

अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले हात्तीसार क्षेत्रमा भूमिगत गरिएको टुकुचा (इक्षुमति) खोल्न थालेपछि पुरातत्व विभागले यसमा चासो दिएको छ । विभागले नारायणहिटी दरबार क्षेत्र बाहिरको जयनेपाल हलदेखि काठमाडौँ प्लाजासम्म परम्परागत प्रविधिबाट भूमिगत गरिएको टुकुचाको पुरातात्विक पूर्वाधारबारे पुरातत्व विभागले अध्ययन थालेको छ ।

विभागका प्रवक्ता रामबहादुर कुँवरका अनुसार टुकुचामा महानगरले उत्खनन गरिरहेको पूर्वाधारबारे अध्ययन गर्न एक टोली खटाएको छ । ‘विभागको टोलीले अध्ययन गरेर टुुकुचा भूमिगत गरिएको क्षेत्रको पूर्वाधारबारे प्रतिवेदन दिन्छ,’ उनले भने ।

टोलीले टुकुचा खोला भूमिगत गर्न बनाइएको गुम्बज शैलीको ‘ढल प्रणाली’मा आधारित इँटाबाट निर्मित पूर्वाधारको ऐतिहासिकताबारेअध्ययन गर्नेछ । टुकुचा भूमिगत गर्न बनाइएको सो पूर्वाधार पुरातात्विक महत्वको हुनसक्ने अनुमान छ ।

करिब १३० वर्षअघि नै राणा प्रधानमन्त्री वीरशम्शेरले भूमिगत गरेको अनुमान छ । सय वर्षभन्दा पुराना सम्पदालाई विभागले पुरतात्विक वस्तु र सम्पदाका रुपमा सूचीकृत गर्ने गरेको छ । यस्ता सम्पदालाई प्राचीक स्मारण संरक्षण ऐनअनुसार संरक्षण गर्नुपर्ने दायित्व विभागको हो ।

टुकुचाको सो भूमिगत संरचना राणाकालको इन्जिनियरिङको नमूना भएको दाबी गर्दै टुकुचामाथिका जग्गा धनननीले नभत्काई संरक्षण गर्नुपर्ने माग गरिरहेका छन् । कतिपय पुरातत्वविद् र संरक्षण अभियान्ताले टुकुचाको ईंटाले बनेको पूर्वाधारलाई संरक्षण गर्नुपर्ने माग गरिरहेका छन् ।

तर, टुकुचाको यो पूर्वाधार कहिले बनेको र यसको ऐतिहासिकता को हो भन्ने यकीन हुन सकेको छैन । अब विभागको टोलीले ती पूर्वाधारको अध्ययन गरेर यसबारे प्रष्ट पार्नेछ ।

खोलालाई भूमिगत गरेर त्यसमाथिको जग्गामा व्यवसायिक भवनहरु बनेका छन् । यसलाई खुला गर्न काठमाडौं महानगरपालिकाले गत हप्तादेखि अभियान नै चलाएको छ ।

प्रतिक्रिया दिनुहोस