नेपालमा छायाङ्कन भएको बलिउड चलचित्र ‘उचाइ’ को पोस्टर सार्वजनिक « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

नेपालमा छायाङ्कन भएको बलिउड चलचित्र ‘उचाइ’ को पोस्टर सार्वजनिक


४ आश्विन २०७९, मंगलबार


काठमाडौँ । नेपालमा छायाँकन गरिएको बलिउड चलचित्र ‘उचाइ’ को पोस्टर सार्वजनिक भएको छ ।

चलचित्रको पोस्टरमा मुख्य तीन कलाकार अमिताभ बच्चन, अनुपम खेर र बोमन इरानी हिमाललाई पृष्ठभूमि बनाएर देखिएका छन् ।

‘उचाइ’ को छायांकनका लागि अमिताभ नेपाल भने नेपाल आएका थिएनन् । उनको दृश्य एक नेपाली कलाकारले डमीका रुपमा गरेका थिए । अनुपम र बोमन भने नेपाल आएका थिए । करिब २५ दिन नेपालको लुक्ला, नाम्चे, मनाङ क्षेत्रमा छायांकन भएको चलचित्रको छायांकनका लागि अभिनेत्री परिणीति चोपडा पनि नेपाल आएकी थिइन् ।

चलचित्रमा नेपाली कलाकारहरु परमिता आरएल राणा, सरोज लामिछाने, डम्बर बोहरा, उरुशा जोशी, रमेश बज्राचार्य, तेन्जिङ ग्याचो शेर्पा, निरज मोक्तान, नारायण विश्वकर्मा, आयुश सुवेदी, स्नेहा अधिकारी लगायतको अभिनय छ ।

प्रतिक्रिया दिनुहोस