२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चोलेन्द्रकी छोरी दाबी गर्ने महिला दैलेखकी मीना जोशी !

अ+ अ-

काठमाडौँ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले गत आइतबार सर्वोच्च अदालतमा हाजिर हुन जाने बताएपछि सर्वोच्च र जबरा निवास बालुवाटारमा सुरक्षाकर्मी परिचालन भएका थिए।

आइतबार बिहान ११ बजे सर्वोच्च पुग्छु भनेका जबरा बालुवाटारस्थित सरकारी निवासबाट बाहिरिएनन्। जबराले सञ्चार माध्यमहरूलाई प्रतिक्रिया दिँदै आफूलाई सरकारले नै निवास बाहिर आउन नदिएको बताएका थिए। प्रधानन्यायाधीशको सरकारी निवास बाहिर पत्रकारहरू पनि आइतबार साँझपखसम्मै बसेका थिए।

यस क्रममा जबरा निवासबाट गाडी चढेर आएकी एक जना महिलाले पत्रकारहरूलाई प्रतिक्रिया दिइन्। उनले आफू चोलेन्द्रकी छोरी, सुनिधि राणा भएको बताएकी थिइन्। उनले आफूहरूमाथि भइरहेको अन्याय र अत्याचार नेपाली जनताले बुझिदिनुपर्ने पनि बताएकी थिइन्। उनले आफू चोलेन्द्रको छोरी भएको बताए पनि चोलेन्द्रले बुझाएको सम्पत्ति विवरण फारममा उनको नाम उल्लेख छैन। छोरा छोरीको विवरणमा सचिन्द्र शमशेर जबरा, सृष्टि राज्यलक्ष्मी राणा रावल, सम्बृद्धि राज्यलक्ष्मी राणा कुँवरको नाम उल्लेख छ।

चोलेन्द्रको छोरी बताएकी सुनिधिको प्रतिक्रिया लिएको न्युज एजेन्सी नेपालले सोमबार विज्ञप्ति जारी गर्दै ‘आफू प्रधानन्यायाधीशको छोरी हुँ भनी भिडिओमा बोल्ने महिला निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको छोरी नभएको निष्कर्ष निकालेका छौँ’ भनेको छ।

न्युज एजेन्सी नेपालले विभिन्न मिडियालाई भिडिओ, समाचार सेवा दिन्छ। उक्त संस्थाकी कार्यकारी प्रमुख कृष्णा पौडेलले सोमबार जारी गरेको विज्ञप्तिमा गलत सूचना परेकोले माफी माग्दछौँ र जिम्मेवारी लिन्छौँ भनिएको छ।

चोलेन्द्र शम्शेरको छोरी दाबी गरेकी सुनिधि छोरी नभएको भन्दै आइतबार बेलुकीदेखि नै दाबीसहित चर्चा भइरहेका थिए। चोलेन्द्रकी छोरी दाबी गरेकी सुनिधि दैलेखकी मीना जोशी हुन्। उनको घर दैलेखको चामुण्डा–बिन्द्रासैन नगरपालिका पर्ने र देवीराम जोशीका दुई छोरीमध्ये उनी जेठी छोरी भएको बताइएको छ ।

उनले आफू नाताले चोलेन्द्र शम्शेरको नातिनी बुहारी भए पनि बोलीचालीमा बुवा भन्ने गरेको बताएकी छन्। उनले विवाहपछि श्रीमानले सुनिधि नाम दिएको पनि बताएकी छन्। उनका अनुसार उनी चोलेन्द्रका दाइ शान्तिशम्शेरकी नातिनी बुहारी हुन्। शान्ति शम्शेरका नाति वरदान शम्शेर राणाकी श्रीमती भएको उनले बताएकी छन् ।

प्रतिक्रिया दिनुहोस