रुकुममा बालकको शव फेला « प्रशासन
Logo २ जेष्ठ २०८१, बुधबार
   

रुकुममा बालकको शव फेला


४ आश्विन २०७९, मंगलबार


रुकुम । रुकुमपश्चिमको आठबीसकोट नगरपालिका-५, गोतामकोटको विष्ट गाउँ नजिकै एक बालकको शव क्षतविक्षत अवस्थामा फेला परेको छ ।

जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमको अनुसार गोतामकोटका टेकबहादुर विष्टका १० वर्षीय छोरा विजय विष्टको शव घर नजिकैको मकै बारीमा फेला परेको हो । विजयकी आमा मकै बारीमा गएका बेला शव देखेकी थिइन्

प्रहरी निरीक्षक राजीव श्रेष्ठका अनुसार बालकको शव बायाँ खुट्टा छुट्टिएको र आन्द्रा भुँडीलगायत अङ्ग नभएको अवस्थामा भेटिएको छ । स्थानीयका अनुसार बालक भदौ ३१ गतेदेखि हराएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस