५ दिनमा म्यादी प्रहरीका लागि १ लाख २० हजार बढिको आवेदन « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

५ दिनमा म्यादी प्रहरीका लागि १ लाख २० हजार बढिको आवेदन


४ आश्विन २०७९, मंगलबार


काठमाडौँ । आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनको सुरक्षार्थ म्यादी प्रहरीका लागि सोमबार साँझसम्म एक लाख २० हजारभन्दा धेरैको आवेदन परेको छ ।

नेपाल प्रहरीले एक लाख १५ हजार म्यादी प्रहरी भर्ना गर्न गत ३० भदौबाट आवेदन खुला गरेको थियो । इच्छुकले ६ असोजसम्म आवेदन दिन सक्नेछन् ।

आवेदन मुलुकको ७७ वटै जिल्ला प्रहरी कार्यालयमार्फत खुला गरिएको थियो । मुलुकभरबाट सोमबार साँझसम्म एक लाख २० हजार दुई सय ९९ जनाको आवेदन परेको नेपाल प्रहरीले जनाएको छ ।

आवेदन दिनमा ३२ हजार ५ सय ७३ महिला र ८७ हजार ७ सय २६ पुरुष रहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस