अर्यालसहित चार सचिवलाई सुर्कीर्तिमय राष्ट्रदीप, थप पाँच सचिवसहित ५० बढी सहसचिवलाई मानपदवी  « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

अर्यालसहित चार सचिवलाई सुर्कीर्तिमय राष्ट्रदीप, थप पाँच सचिवसहित ५० बढी सहसचिवलाई मानपदवी 


३ आश्विन २०७९, सोमबार


काठमाडौँ । सरकारले विशिष्ट श्रेणीका नौ जना सचिवसहित ५० जनाभन्दा बढी सहसचिवलाई राष्ट्र दीप र जनसेवाश्री मानपदवी दिने घोषणा गरेको छ । 

संविधान दिवसका अवसरमा सरकारले नौ सय ९८ जनालाई विभूषित गर्दै गर्दा निजामतीतर्फ कर्मचारीलाई राष्ट्रपति विद्यादेवी भण्डारीबाट विभिन्न मानपदवीले सम्मान गर्न लागिएको हो ।

जसअनुसार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव एकनारायण अर्याल, वन तथा वातावरण मन्त्रालयका सचिव डा. पेमनारायण कँडेल, अर्थ मन्त्रालयका अर्थ सचिव कृष्णहरि र नेपाल कानुन आयोगका सचिव लीलादेवी गड्तौलालाई सुर्कीर्तिमय राष्ट्रदीप मानपदवीले सम्मानित गरिएको छ । 

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव अर्जुनप्रसाद पोखरेल, युवा तथा खेलकुद मन्त्रालयका सचिव डा. दामोदर रेग्मी, न्याय परिषद्का सचिव देवेन्द्रराज ढकाल, निर्वाचन आयोगका सचिव गोकर्णमणि दवाडी, महान्यायाधिवक्ताको कार्यालयका नायब महान्यायाधिवक्ता कृष्णजीवी घिमिरेले सुप्रबल जनसेवाश्री पाएका छन् ।

यस्तै विभिन्न मन्त्रालय तथा निकायमा कार्यरत सहसचिवलाई सुप्रवबल जनसेवाश्रीबाट विभूषित गरिएको छ । जसमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव मदन दाहाल, गृह मन्त्रालयका प्रदीपकुमार कोइराला, कोमल बहादुर खत्री, शिवराम पोखरेल र रोशनी श्रेष्ठ, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका दीपक शर्मा, कमलप्रसाद पोख्रेल, तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका नारायणप्रसाद अर्याल रहेका छन् । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका इन्द्रमणि पोखरेल, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका खोमराज कोइराला, लोक सेवा आयोगका प्रेमप्रसाद पौडेल, राष्ट्रपतिको कार्यालयका सागर आचार्य, इन्दिरा दाहाल, नेपाल ट्रस्टको कार्यालयका विष्णुराज ढकाल, परराष्ट्र मन्त्रालयका हरिचन्द्र घिमिरेले पनि सुप्रवल जनसेवाश्री मानपदवी पाएका छन् । 

जनसेवाश्री मानपदवी नै कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका सहसचिव सुशील कोइराला, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहसचिव रामाकान्त दवाडी, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सहसचिव अनिता निरौला, कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव प्रकाशकुमार सन्जेल, महालेखापरीक्षकको कार्यालयका नायब महालेखापरीक्षक घनश्याम पराजुली, नेत्रकुमार खत्री, गुणस्तर अनुसन्धान तथा विकास केन्द्रका सुपरिन्टेन्डेन्ट इन्जिनियर कैलाकुमार श्रेष्ठलाई प्रदान गरिने भएको छ ।

१४ जिल्लाका प्रमुख जिल्ला अधिकारीले पनि जनसेवाश्री मानपदवी प्रदान गरिएको छ । जसमा भोजपुरका हरिप्रसाद घिमिरे, प्युठानकी सुनिता नेपाल, कास्कीका टेकबहादुर केसी, गुल्मीका पुण्यविक्रम पौडेल, रोल्पाका नवराज सापकोटा, उदयपुरका जनार्दन गौतम र कपिलवस्तुका धर्मेन्द्र मिश्र रहेका छन् ।

यसै गरी सुनसरीका इन्द्रदेव यादव, काभ्रेपलाञ्चेककी हुमकला पाण्डे, दोलखाका भोजराज खतिवडा, मकवानपुरका राजेन्द्रदेव पाण्डे, कैलालीका किरण थापा, रुपन्देहीका भरतमणि पाण्डे, मोरङका काशीराज दाहालले पनि जनसेवाश्री पदक पाएका छन् ।

विभिन्न ६ वटा विभागका महानिर्देशकलाई जनसेवाश्री मानपदवी दिइने भएको छ । जसमा अध्यागमन विभागका महानिर्देशक ऋषिराम तिवारी, कारागार व्यवस्थापन विभागका महानिर्देशक चक्रपाणि पाण्डे र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका महानिर्देशक तीर्थराज भट्टराई रहेका छन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मातहतको राष्ट्रिय किताबखानाका महानिर्देशक बाबुराजा श्रेष्ठ, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहतको विद्युत् विकास विभागका महानिर्देशक सन्दीपकुमार देव, ऊर्जा मन्त्रालय मातहतकै जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक सुशील चन्द्र आचार्य, राष्ट्रिय योजना आयोग मातहत रहेको केन्द्रीय तथ्याङ्क विभागका महानिर्देशक नेबिनलाल श्रेष्ठ र शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक चुणामणि पौडेललाई पनि जनसेवाश्री मानपदवी प्रदान गरिने भएको छ ।

जसेवाश्री मानपदवी प्रदान गरिने अन्य सहसचिव तथा प्रदेश सचिवहरूमा प्रदेश १ को प्रदेश योजना आयोगका सचिव जयकुमार घिमिरे, कर्णालीको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव सङ्कर बहादुर केसी, सामाजिक विकास मन्त्रालयका सचिव कृष्णप्रसाद काप्री,श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव झक्क आचार्य र सुदूरपश्चिमको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव गङ्गाबहादुर खरेल रहेका छन् ।

विभिन्न मानपदवी तथा अलङ्कार वाट सम्मानित हुनेमध्ये नेपाल रत्नबाट १ जना, राष्ट्र गौरवबाट ३ जना, सुप्रसिद्ध प्रबल जनसेवाश्रीबाट १ जना, प्रसिद्ध प्रबल जनसेवाश्रीबाट १४ जना, सुकृतीमय राष्ट्रदीपबाट १७ जना, सुप्रबल जनसेवाश्रीबाट १६५ जना, कीर्तिमय राष्ट्रदीपबाट ६ जना, प्रबल जनसेवाश्रीबाट ३२२ जना, राष्ट्रदीपबाट २ जना र जनसेवाश्रीबाट २०७ जना छन् ।

अलङ्कार तर्फ राष्ट्र यशोवर्द्धकबाट १०, परम पौरख भास्करबाट २, नेपाल प्रताप सुभूषणबाट ३८, नेपाल सेवा प्रवीणबाट २३, अतिपौरख भाष्करबाट ८, नेपाल प्रताप आभूषणबाट १९, समाजसेवा रत्नबाट ३८, महापौरख भाष्करबाट १८ र नेपाल प्रताप भूषणबाट २३ जना विभूषित भएको विज्ञप्तिमा उल्लेख छ । त्यस्तै राष्ट्रसेवा पदक प्रथम श्रेणीबाट ६, शिक्षाज्योतिबाट १८, सगरमाथा पदकबाट १३, सुकृती पदकबाट १२, वीरता पदकबाट ८, सौर्य पदकबाट १, प्राकृतिक प्रकोप पीडितोद्धार पदकबाट ७ र विकास रत्न पदकबाट १६ जना विभूषित भएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस