गोठाटारमा गोली लागेका घाइतेको पहिचान खुल्यो « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

गोठाटारमा गोली लागेका घाइतेको पहिचान खुल्यो


३ आश्विन २०७९, सोमबार


काठमाडौँ । काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका-८, गोठाटारमा गोली लागेर घाइते भएका व्यक्तिको पहिचान खुलेको छ ।

घाइते हुनेमा सर्लाहीको हरिवन नगरपालिका-२ का ५५ वर्षीय लाल मोहम्मद भन्ने मोहम्मद दर्जी हुन् । तीन गोली लागेका उनको त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचार भइरहेको छ ।

रातो टिसर्ट र जिन्स लगाएका र मोटरसाइकलमा आएका व्यक्तिले आफूलाई गोली हानेर भागेको घाइते मोहम्मदले बताएका छन् । काठमाडौँ प्रहरी परिसर र उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले घटनाको अनुसन्धान गरिरहेको छ ।

गोली हानेर भाग्ने व्यक्तिको खोजीका लागि उपत्यकाका नाकाहरुमा कडाइ गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस