प्रेम आलेको आक्रोश : डोटीमा गठबन्धन नभए कहीँ पनि हुन्न « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

प्रेम आलेको आक्रोश : डोटीमा गठबन्धन नभए कहीँ पनि हुन्न


३ आश्विन २०७९, सोमबार


काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का नेता प्रेमबहादुर आलेले डोटीमा नेपाली काँग्रेसका नेताहरुले गठबन्धन गर्न नहुने भनेको भन्दै आक्रोश व्यक्त गरेका छन् ।

सोमबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित नेपाल मगर सङ्घ (समाजवादी) को तेस्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै नेता आलेले डोटी जिल्लामा गठबन्धन चाहिँदैन भनेर काँग्रेस नेताहरुले भेला गर्दै हिँडेको भन्दै आक्रोश व्यक्त गरेका हुन् ।

स्थानीय तह निर्वाचनमा डोटीका ९ स्थानीय तहमा एकीकृत समाजवादीले १० वटा वडामा मात्र उम्मेदवारी दिएर अरू दललाई छाडिदिएको आलेले बताए । 

पूर्वमन्त्री आलेले मगर जाति समानुपातिकमा मात्रै बस्ने जाति नभएको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस