राष्ट्रिय जनमोर्चाले बुझायो समानुपातिकको बन्दसूची « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

राष्ट्रिय जनमोर्चाले बुझायो समानुपातिकको बन्दसूची


३ आश्विन २०७९, सोमबार


काठमाडौँ । सत्ता गठबन्धनमा आबद्ध दल राष्ट्रिय जनमोर्चा (राजमो)ले समानुपातिकतर्फको बन्दसूची पेस गरेको छ । राजकोले सोमबार निर्वाचन आयोग प्रदेशसभा र प्रतिनिधि सभाको समानुपातिकतर्फको बन्दसूची पेस गरेको हो ।

राजमोका महासचिव हिमलाल पुरीका अनुसार प्रतिनिधि सभातर्फ कूल ११० जनाको नामावली बुझाइएको छ ।

वाग्मती प्रदेशमा २६, गण्डकी प्रदेशमा २४, लुम्बिनीमा ३५, कर्णालीमा १६ जना र सुदूरपश्चिम प्रदेशमा २१ जनाको नामावली बुझाइएको उनले बताए । प्रदेश नम्बर १ र मधेस प्रदेशमा भने पार्टीको अवस्था कमजोर भएकाले बन्दसूची पेस नगरिएको उनको भनाइ छ ।

Tags :
प्रतिक्रिया दिनुहोस