चीन र रुस सुरक्षा तथा कानून कार्यान्वयनका विषयमा बैठक गर्दै « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

चीन र रुस सुरक्षा तथा कानून कार्यान्वयनका विषयमा बैठक गर्दै


२ आश्विन २०७९, आइतबार


काठमाडौँ । रुसी महासङ्घको सुरक्षा परिषद्का सचिव निकोलाई पात्रुसेभले चीन-रुस रणनीतिक सुरक्षा परामर्शको १७औँ चरणको बैठकमा भाग लिन चीनको भ्रमणमा जाँदै छन् । उनले सो अवसरमा चीन-रुस कानून प्रवर्तन तथा सुरक्षाको सातौँ बैठकमा  समेत भाग लिने बताइएको छ ।

सो बैठक सेप्टेम्बर १८  र १९ मा हुनेछ । चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्युरोका सदस्य तथा चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समितिको विदेश मामिला आयोगको कार्यालयका निर्देशक याङ जिएची र राजनीतिक सदस्य गुओ शेङकुनको निमन्त्रणामा पात्रुशेभको सो भ्रमण तय भएको हो।  

कम्युनिस्ट पार्टीको केन्द्रीय समितिको ब्युरो, केन्द्रीय समिति सचिवालयका सदस्य र केन्द्रीय समिता राजनीतिक तथा कानुनी मामिला आयोगका सचिव माओले  सोबारे जानकारी दिएका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस