हात्तीसारको सिद्धार्थ बैङ्क पछाडि पनि भेटियो टुकुचा « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

हात्तीसारको सिद्धार्थ बैङ्क पछाडि पनि भेटियो टुकुचा


२ आश्विन २०७९, आइतबार


काठमाडौँ । काठमाडौँको हात्तीसारस्थित सिद्धार्थ बैङ्क पछाडि टुकुचा खोलाको उत्खनन गरिएको छ ।

महानगरपालिकाले डोजर लगाएर सो क्षेत्रमा उत्खनन गर्दा गायब अवस्थामा रहेको टुकुचा खोला भेटिएको महानगरपालिकाले जनाएको छ ।

टुकुचा खोला अतिक्रमण गरेको भन्दै महानगरले केही दिनदेखि हात्तीसार क्षेत्रमा डोजर चलाउँदै आइरहेको छ ।

बिहीबार महानगरले जय नेपाल हलको प्राङ्गणबाटै टुकुचा खोला खोज्न उत्खनन सुरु गरेको थियो । शनिबार कमलादीस्थित लक्ष्मी बैङ्कको कम्पाउन्डमा पनि महानगरले टुकुचा खोला उत्खनन गरेको थियो ।

सम्बन्धित समाचार : बैङ्कको पार्किङमा डोजर चलाएर टुकुचा खोज्दै महानगर

Tags :
प्रतिक्रिया दिनुहोस