बैङ्कको पार्किङमा डोजर चलाएर टुकुचा खोज्दै महानगर « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

बैङ्कको पार्किङमा डोजर चलाएर टुकुचा खोज्दै महानगर


२ आश्विन २०७९, आइतबार


काठमाडौँ । काठमाडौँ हात्तीसारस्थित सिद्धार्थ बैङ्कको पार्किङमा महानगरपालिकाले टुकुचा खोला उत्खनन सुरु गरेको छ।

महानगरपालिकाको डोजर सहितको टोली हात्तीसार पुगेर बैङ्कले पार्किङमा प्रयोग गर्दै आएको क्षेत्रमा डोजर चलाएर उत्खनन गरिरहेको हो।

टुकुचा खोला अतिक्रमण गरेको भन्दै महानगरले केही दिनदेखि हात्तीसार क्षेत्रमा डोजर चलाइरहेको छ ।

यसअघि बिहीबार महानगरले जय नेपाल हलको प्राङ्गणबाटै टुकुचा खोला खोज्न सुरु गरेको थियो। शनिबार कमलादीस्थित लक्ष्मी बैङ्कको कम्पाउण्डमा पनि महानगरले उत्खनन गरेको थियो।

यसैबीच उच्च अदालत पाटनले टुकुचाको भूमिगत सुरूङमाथि बनेका घरहरू नभत्काउन अल्पकालीन अन्तरिम आदेश दिएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस