काठमाडौँ । जनता समाजवादी पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य अमृत अग्रहरी नेकपा एमाले प्रवेश गरेकी छन् ।
निवर्तमान प्रतिनिधिसभा सदस्य समेत रहेकी अग्रहरीलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले आइतबार खादा र माला लगाएर पार्टी प्रवेश गराएको पार्टी उपाध्यक्ष विष्णु पौडेलले जानकारी दिए ।
कपिलवस्तु जिल्लाकी अग्रहरी राष्ट्रिय जनता पार्टी राजपाबाट सांसद बनेकी थिइन् । उनी जनता समाजवादी पार्टी विभाजनपछि तटस्थ बसेकी थिइन् ।