बस दुर्घटना हुँदा २७ जनाको मृत्यु, थप विवरण आउन बाँकी « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

बस दुर्घटना हुँदा २७ जनाको मृत्यु, थप विवरण आउन बाँकी


२ आश्विन २०७९, आइतबार


काठमाडौँ । दक्षिण पश्चिम चीनको गुइझोउ प्रान्तमा यात्रुवाहक बस पल्टिदा २७ जनाको मृत्यु भएको तथा २० जना घाइते भएका छन् । 

आइतबार बिहान भएको उक्त दुर्घटनाको स्थानीय प्रहरीले पुष्टि गरेको छ । बसमा ४७ जना सवार थिए ।

सान्डु सुइँ स्वायत्त काउन्टीको राजमार्गमा गुडिरहेका बस एक्कासि दुर्घटना भएको उक्त काउन्टीको सार्वजनिक सुरक्षा ब्युरोले जनाएको छ । दुर्घटनाको कारण सार्वजनिक गरिएको छैन । 

Tags :
प्रतिक्रिया दिनुहोस