वाग्ले काठमाडौँ विश्वविद्यालयको रजिस्ट्रार नियुक्त « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

वाग्ले काठमाडौँ विश्वविद्यालयको रजिस्ट्रार नियुक्त


२ आश्विन २०७९, आइतबार


काठमाडौँ । प्राध्यापक अच्युत वाग्ले काठमाडौं विश्वविद्यालयको रजिष्ट्रार नियुक्त भएका छन् ।

काठमाडौँ विश्वविद्यालय ऐनको दफा १५(१) अनुसार उपकुलपति प्राध्यापक भोला थापाको सिफारिसमा उनको नियुक्ति भएको हो । विश्वविद्यालयका कुलपति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले उनलाई चार वर्षका लागि सो पदमा नियुक्त गरेका हुन् ।

वाग्ले यसअघि काठमाडौँ विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्ट (कुसोम) मा एसोसिएट डिन थिए । उनले त्रिभुवन विश्वविद्यालयबाट एमए र बेलायतको बर्मिङ्घम विश्वविद्यालयबाट अर्थशास्त्रमा एमएस्सी गरेका छन् । उनले भारतको प्रतिष्ठित शैक्षिक संस्था इण्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी कानपुरबाट अर्थशास्त्रमै पिएचडी गरेका छन् ।

उनका अर्थराजनीतिक विश्लेषण र स्तम्भहरू उल्लेखनीय रूपमा छापिँदै आएका छन् । केयुका निवर्तमान रजिष्ट्रार प्राध्यापक सुबोध शर्माको कार्यकाल भदौ मसान्तमा सकिएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस