माओवादी केन्द्रको बैठक भोलि फेरि बस्ने, लागेन समानुपातिक सूचीको टुङ्गो « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

माओवादी केन्द्रको बैठक भोलि फेरि बस्ने, लागेन समानुपातिक सूचीको टुङ्गो


२ आश्विन २०७९, आइतबार


काठमाडौँ । आसन्न निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा बुझाउने समानुपातिकको बन्द सूचीबारे नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठकमा छलफल भएको छ ।

आइतबार बिहान केन्द्रीय कार्यालय परिसडाँडामा बसेको पदाधिकारीको बैठकले यसबारे छलफल गरेको हो ।

उपमहासचिव गिरिराजमणि पोखरेलले केन्द्रीय कार्यालयले तयार पारेको प्रारम्भिक सूचीमाथि आजको बैठकमा छलफल भएको तर नटुङ्गिएको जानकारी दिए । उनका अनुसार सूची टुङ्ग्याउन भोलि बिहान ७ बजे फेरि पदाधिकारीको बैठक बोलाइएको छ ।

निर्वाचन आयोगले समानुपातिकको बन्द सूची बुझाउन असोज ३ गतेसम्मको समय दिएको छ । आयोगमा संविधानले व्यवस्था गरे अनुसारको क्लस्टर मिलाएर ११० जनाको सूची पेस गर्नुपर्छ ।

पोखरेलका अनुसार माओवादीले यसअघि समानुपातिकबाट सांसद भइसकेका, हाल प्रत्यक्षका लागि सिफारिस भएका र हालै सम्पन्न स्थानीय तहको निर्वाचन लडेकालाई समानुपातिक सूचीमा नराख्ने भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस