चोलेन्द्रको सम्पत्तिमाथिको प्रश्न छानबिन प्रक्रियामा छ : सम्पत्ति शुद्धीकरण विभाग « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

चोलेन्द्रको सम्पत्तिमाथिको प्रश्न छानबिन प्रक्रियामा छ : सम्पत्ति शुद्धीकरण विभाग


२ आश्विन २०७९, आइतबार


काठमाडौँ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले निलम्बित प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबराको सम्पत्तिमाथि प्रश्न उठाएर परेको निवेदन छानबिन प्रक्रियामा रहेको बताएको छ ।

जबरा प्रधानन्यायाधीशमा बहाल रहँदा नै नागरिक समाजका तर्फबाट निवेदन परेको र त्यसउपर विभाग छानबिन प्रक्रियामा रहेको विभागमा सूचना अधिकारी ऋषिराम पोखरेलले जानकारी दिए ।

महाअभियोग सिफारिस समितिले थप सूचना दिए त्यसले अनुसन्धानमा थप सहयोग पुग्न सक्ने पोखरेल बताउँछन् ।

‘न्याय परिषद्बाट आएको सूचना लगायत महाअभियोग सिफारिस समितिले दियो भने विभागलाई थप सूचना प्राप्त हुन्छ’ पोखरेल भन्छन, ‘अन्यथा, उहाँ (जबरा)को सम्पतिको सम्बन्धमा परेको निवेदनउपरको छानबिन प्रक्रिया बढिसकेको छ ।’

Tags :
प्रतिक्रिया दिनुहोस