काठमाडौँ उपत्यकामा एकै दिन २ हजार बढी सवारी चालकमाथि कारबाही « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

काठमाडौँ उपत्यकामा एकै दिन २ हजार बढी सवारी चालकमाथि कारबाही


२ आश्विन २०७९, आइतबार


काठमाडौँ । ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकामा एकै दिन २२ सय ३५ जना सवारी चालकलाई कारबाही गरेको छ ।

ट्राफिक नियम उल्लङ्घन गरेका कारण उनीहरूलाई शनिबार उपत्यकाको विभिन्न स्थानमा कारबाही गरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

कारवाहीमा पर्नेमा मदिरा पिएर सवारी साधन चलाउने २५६ जना, फुटपाथमा पार्किङ गर्ने १२७ जना, तीव्र गतिमा सवारी साधन चलाउने ८७ जना, जथाभाबी यात्रु चढाउने तथा ओराल्ने ८६ जना र ढोका खुल्लै राखेर सवारी चलाउने ७४ जना रहेका छन् ।

यस्तै अवस्था ठिक नभएका सवारी साधन चलाउने ५८ जना, हर्नको अनावश्यक प्रयोग गर्ने ५६ जना, रातो बत्तीको उल्लङ्घन गर्ने ३५ जना, सडक लेन उल्लङ्घन गर्ने २६ जना र क्षमता भन्दा बढी यात्रु राख्ने २२ जना चालकहरू रहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस