‘चोलेन्द्र सर्वोच्च फर्कन मिल्दैन’ « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

‘चोलेन्द्र सर्वोच्च फर्कन मिल्दैन’


२ आश्विन २०७९, आइतबार


काठमाडौँ । सर्वोच्च अदालत बार एशोसिएशनका कोषाध्यक्ष अधिवक्ता विनोद कार्कीले निलम्बनमा रहेका प्रधानन्यायाधीश चालेन्द्र शम्शेर जबरा सर्वोच्च फर्कन नमिल्ने बताएका छन्।

सर्वोच्च अदालत परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै अधिवक्ता कार्कीले यस्तो बताएका हुन्।

सर्वोच्चको आधिकारिक काम गर्ने अधिकार कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीमा रहेकाले निलम्बित जबरा सर्वोच्च फर्कन नमिल्ने उनको भनाइ छ। राष्ट्रिय झण्डा र गार्ड कामु प्रधानन्यायाधीश कार्कीलाई नै दिइएको भन्दै उनले जबरा सर्वोच्च फर्कने सम्भावना नरहेको प्रष्ट पारे।

‘झण्डा र गार्ड जता हुन्छ उही आधिकारिक हो। झण्डा र गार्ड सम्माननीय कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीमै कायम छ,’ अधिवक्ता कार्कीले भने, ‘अहिले उहाँलाई नै स्कर्टिङ गरेर ल्याइयो। त्यसकारण चोलेन्द्रको आउने सम्भावना छैन। उहाँको निलम्बन निलम्बनमै रहन्छ।’

Tags :
प्रतिक्रिया दिनुहोस