काठमाडौँ । समानुपातिक तर्फको उम्मेदवार टुंग्याउन नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दैछ।
पार्टी कार्यलय पेरिसडाँडामा बैठक अहिले केहि बेरपछि बस्ने भएको हो। स्थानीय पार्टी कमिटी हुदै जिल्ला र प्रदेशबाट सिफारिस भएर आएका नामावलीबाट अन्तिम नामावली टुंगाउने तयारी रहेको अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ।
सातवटै प्रदेश कमिटीले नाम सिफारिस गरी पठाएको छ।