२८ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा म्याग्दीका २१ विद्यालय

अ+ अ-

म्याग्दी । म्याग्दीका २१ विद्यालय चालु आर्थिक वर्ष २०७९/८० को राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा छनोट भएका छन् ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले २०७९ भदौ २९ गतेको मन्त्रीस्तरीय निर्णयबाट देशभर कार्यक्रम सञ्चालन हुने विद्यालयको विवरण सार्वजनिक गरेको थियो । जसअन्तर्गत म्याग्दीका २१ विद्यालयले भौतिक तथा शैक्षिक सुधारका लागि रु पाँच करोड ५३ लाख बजेट प्राप्त गरेका हुन् ।

६ वटा विद्यालयमा चारकोठे भवन, सात वटामा दुईकोठे र १२ वटामा सूचना प्रविधि प्रयोगशाला स्थापनाका लागि छनोट भएका हुन् । चारकोठे भवनका लागि ५० लाख, दुईकोठेलाई २५ लाख र सूचना प्रविधि प्रयोगशालाका लागि रु ६ लाख ५० हजारका दरले बजेट विनियोजन भएको छ ।

रघुगङ्गा गाउँपालिका–२ को मुक्तिधाम मावि, मालिका–२ रुमको राष्ट्रिय मावि, अन्नपूर्ण–१ दोवाको कैलाश मावि, धवलागिरि–७ धारापानीको किसानी चन्द्रकुन्ता मावि, मङ्गला–१ कुहुँको दिपशिखा मावि, बेनी नगरपालिका–७ को प्रकाश माविले चारकोठे भवन योजना पाएका छन् ।

दुईकोठे भवनमा छनोट हुने विद्यालयमा बेनी नगरपालिका–७ को बेनी सामुदायिक मावि, बेनपा–४ को धवलागिरि मावि, मङ्गला–४ बरंजाको महेन्द्ररत्न आधारभूत, धवलागिरि–७ को ताकम मावि, अन्नपूर्ण–५ को पाउद्धार मावि, मालिका–६ को मालिका आधारभूत र रघुगङ्गा–३ को रघुगङ्गा मावि छन् ।

रघुगङ्गा–३ को ज्ञानोदय मावि, रघुगङ्गा–१ को महादेव मावि, मालिका–३ को अमरज्योति मावि, मालिका–७ बिमको किसानी मावि, अन्नपूर्ण–७ रिमाको आदर्श मावि, अन्नपूर्ण–६ घारको मुक्तिमार्ग मावि, धवलागिरि–४ खिवाङको चन्द्रज्योति मावि, धवलागिरि–७ को हेम मावि, मङ्गला–२ को सिद्धशान्ति मावि र मङ्गला–१ को राष्ट्रिय जनजागृति माविले सूचना प्रविधि प्रयोगशालाको कार्यक्रममा छनोट भएका छन् ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले वित्तीय हस्तान्तरण गरेपछि स्थानीय तहमार्फत राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम कार्यान्वयन हुने कार्यविधि छ । सामुदायिक विद्यालयको पूर्वाधार र सूचना प्रविधिको पहुँच विस्तारमा कार्यक्रम प्रभावकारी हुने अपेक्षा गरिएको छ । मन्त्रालयले गत साउन महिनामा कार्यक्रममा समावेश हुन चाहने विद्यालयबाट प्रस्ताव सङ्कलन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस