नागरिकता विधेयक छिटो प्रमाणीकरण गर्न माग « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

नागरिकता विधेयक छिटो प्रमाणीकरण गर्न माग


१ आश्विन २०७९, शनिबार


काठमाडौँ । नागरिकता विधेयकलाई छिटोभन्दा छिटो प्रमाणीकरण गर्न माग गर्दै नागरिकता विहीन सङ्घर्ष समितिले धर्ना दिएको छ ।

शनिबार नागरिकता विधेयकलाई राष्ट्रपति विद्यादेवी भण्डारीले शीघ्र प्रमाणीकरण गर्नुपर्ने माग गर्दै नागरिकता विहीन सङ्घर्ष समितिले माइतीघर मण्डलामा धर्ना दिएको हो ।

नागरिकता विधेयक संसद्को दुवै सदनबाट पारित भएर प्रमाणीकरणका लागि राष्ट्रपति भण्डारीसमक्ष पुगिसकेको भए पनि उनले हालसम्म प्रमाणीकरण गरेकी छैनन् । सङ्घर्ष समितिका अध्यक्ष इन्द्रजित साफीले आफूहरू नेपाली नागरिकताविहीन हुँदा अनेकौँ सास्ती बेहोर्नु परेको बताए ।

उनले आफूहरू नेपाली नागरिक बुबाआमाका सन्तान र नेपाली आमाको सन्तानलाई नागरिकता दिनुपर्ने माग गर्दै आन्दोलित भइरहेपनि हालसम्म मागको सम्बोधन नभएको जिकिर गरे ।

सरकारले आफूहरूको संविधानसम्मत मागलाई पुरा गर्नुपर्ने र राष्ट्रपतिले नागरिकता विधेयकलाई छिटोभन्दा छिटो प्रमाणीकरण गर्नुपर्ने उनले बताए । धर्नामा सहभागीहरूले आफूहरूको भविष्यमाथि खेलवाड नगर्न सरकारसँग आग्रह गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस